mobile phones

साउनमा नेपाल भित्रिए साढे ४ अर्बको मोबाइलहरु

काठमाडौं, ०८ भदौ। नेपालमा साउन महिनामै मात्र साढे ४ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ। लकडाउन ठप्प भएपछी नयाँ आर्थिक वर्ष लागेपछि फोनको बजार अस्वाभाविक विस्तार भएको देखिएको हो । नेपाली बजारमा चैतयता नयाँ फोन आएका थिएनन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य कारोबारलाई कडाइ गरेपछि बजारमा नयाँ फोन पनि लञ्च भएका थिएनन्।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको आव २०७७–७८ पहिलो महिनाको तथ्यांकले साउनमा ४ लाख ७० हजार वटा मोबाइल आयात भएको देखाउँछ। जसको भन्सार मूल्य ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ पर्दछ । मोबाइल फोन आयातबाट सरकारले ६७ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ ।

लकडाउनअघि आयात भएका फोन बजारमा बिक्री भइसकेपछि नयाँ फोनको माग बढेको थियो । गत फागुनयता अर्थात् ५ महिनामा जम्मा ३ अर्ब ८० करोडको मात्र मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्यांक छ । साउनमा ८ हजार ८ सय सेट टेलिफोन पनि आयात भएको छ। जसको भन्सार मूल्य ५५ लाख ९४ हजार रुपैयाँ छ । गत वर्षको साउनमा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३ लाख ६१ हजार वटा मोबाइल फोन आयात भएको थियो ।

लकडाउनको अवधिमा फोनको प्रयोग उच्चतम् भएको छ। सँगसँगै लकडाउनका अवधिमा धेरैले स्मार्टफोनको आवश्यकता महसुस गरेको, यसबीचमा नयाँ किन्न चाहनेले किन्न नपाएको कारण लकडाउन खुलेसँगै माग बढेको थियो।

गत आर्थिक वर्ष १८ अर्ब १७ करोड रुपैयाँको मोबाइल आयात भएको थियो । जबकि आव २०७५–७६ मा १९ अर्ब २७ करोडको मोबाइल फोन आयात भएको थियो । यता मोबाइल फोन बिक्रेताहरु स्थितिमा सुधार भएसँगै बजारमा मोबाइलको माग वृद्धि भएको बताउँछन् । कोभिड–१९ कारण जनजीवन घरका चारकुनामा सीमित हुँदा बाहिरी दुनियासँग कनेक्ट हुने माध्यम फोन नै बनेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्