कोरोनाबाटै मृत्यु

शेर्पा संघ बेलायतका अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शेर्पाको सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा म्र्त्यु भएको हो । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन् ।

यो पनि पढ्नुहोस् :-

बागलुङ, ९ भदौ । लगातारको वर्षापछि खसेको पहिरोले घर पु’रिँदा बागलुङमा एकजनाको मृत्‍यु भएको छ । ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा मंगलबार बिहान पाँच बजेतिर पहिरो खसेको थियो ।

पहिरोमा परी १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको बताइएको छ । मृतकका बाबु विदेशमा छन् । पूजा उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *