युवा परिचालनमा सरकारको भुमिका

हेमन्त बहादुर शाह

हेमन्त बहादुर शाह, कैलाली, ०९ भदौ। वर्तमान समयमा विश्वभर फैलिरहेको कोरोना कोभिड – १९ को महामारीको समस्याले कामको शिलसिलामा विदेशका विभिन्न ठउँहरुमा गएका नेपाली युवाहरु स्वदेश फर्किएका छन् । देशमा कुनै रोजगारीका अवसरहरु नभएर नेपालको अवस्था नाजुक देखेर ती युवाहरु विदेश विदेशिनु परेको हो ।

कतिपय पढेलेखेका, दक्ष सीप ग्यान भएका युवाहरु पनि नेपालका युवा तथा विद्यार्थिहरुको उचित रोजगारि र उचित प्रकारको ज्याला नभएका कारण यो ग्यान सीप विदेशमा प्रयोग गरी विदेशको बिकास हुन्छ र उनिहरुको ग्यान सीपले बनेको सामग्री नेपाललाई किन्न पर्छ त कसरी हुन्छ नेपालको विकास !!

अहिले सम्म सरकाले नेपाली युवाहरुको स्वदेशी रोजगारको बारेमा केहि पनि सोचेको र गरेको छैन् । नेपाली युवाहरुको ग्यान र सीप खर्च गर्न ठाँउ नेपालमै भईदिए र उनिहरुलाई उचित प्रकारको ज्याला मजदुरी ब्यबस्थापन गरेको भए युवाहरु विदेशीने थिएनन।

विकसित राष्ट्रले युवा कसरी स्वदेशमै परिचालन गरेर देशको बिकास र विस्तार विस्तार गर्न भन्नेबारेमा सोच्छ तर नेपाल सरकारले युवाहरुलाई विदेश पठाएर विदेशमा युवाहरुलाई उचित काम पनि मिल्दैन्। रेमिट्यान्स कसरी बढाउने भन्नेबारेमा चासोँ र चिन्ता हुन्छ ।

विदेशमा युवाहरुलाई उचित आफनो दक्ष सीप अनुसारको पनि पाइदैन । नेपालमा अकाउण्ट इन्जिनिएरिङ्ग पढेर डिग्री गरेका युवाहरु पनि अस्ट्रेलिया, युरोप, जस्ता राज्यहरुमा होटेलहरु मा काम विदेशका ठाउँहरुमा नेपालि युवाहरुले उचित काम सुरक्षित वासस्थान पाईरहेका हुदैनन् जहाँ विभिन्न किसिमका कठिनाईहरु भोगिरहनु परेको कुरा सर्वव्यापी नै छ।

विदेशमा युवाहरुलाई विभिन्न किसिमका अभीयोगका मुद्दाहरु चलाएर जेल चलानि गरेका जेल हालेको कुरा पनि व्यापक छ । जहाँ विदेशहरुले चेलिबेटि बेचबिखन डकैति अरुले गरेको ठाउँमा नेपालीहरुलाई त्यो केशमा जेल चलान गराईएर विभिन्न किसिमका यातनाहरु दिइएको प्रशस्तै पाईन्छ। कतिपए युवाहरु त काम नपाई नेपाल फर्कीन्छन् र उनिहरुले गरेको लगानी मात्र खेर जान्छ।

मलशिया दुबै कतार जस्ता ठाउँहरुमा त नेपाली युवाहरुले अलि धेरै पैसा कमाउने वितिकै मान्छेहरु लगाई मारिदिने गरेको पाईन्छ तर नेपाल सरकारले ती राष्ट्रहरुलाई चुनौती दिनुको सट्टा सब नेपाल पठाउन आग्रह गर्छ।

युवाहरु नेपालमा सन्तुष्ट र बिश्वस्त छैनन् ,किनकी नपालमा कुनै पनी नेता मन्त्रीहरु गतिलो नभएका कारण र राज्यसत्तामा बसेका कतिपय ब्यक्तिहरु कुनै न कुनै गलत काममा संल्गन भएका कारण तथा नेपालमा कुनै त्यस्ता रोजगारीका अबसरहरु सिर्जना नभएर र उचित आम्दानीका स्रोतसाधनहरु नभएर युवाहरु बिदेशतिर काम गर्न जान्छन ।

बिकसित राष्ट्रहरुमा त बिभीन्न पढेलेखेका युवाहरुबाट उनीहरुको सीप परिक्षण गराई देशमा आधुनिकीकरण ल्याउँछन र उचित ज्याला मजदुरी दिएर उनीहरुलाई अझै उत्साहित बनाउँछन् र सम्बन्धित देशहरुको बिकास तिब्र गतिमा अघी बढ्छ तर नेपालमा कुनै पनी देशका युवाहरु नआई उल्टै नेपालका लाखौँ राम्रा राम्रा र दक्ष युवाहरु बिदेश तिर ज्याला मजदुरी गर्न जान्छन त नेपालमा नयाँ आधुनीकिकरण कसरी आउन सक्छ त ?

नेपालले नयाँ आधुनीकीकरणहरु उत्पादन गरेर युवाहरुलाई स्वदेशमै रोजगारका अवसरहरु र बिदेशबाट आयात हुने साधनस्रोतहरु का माध्यामहरु नेपालमै सिर्जना गरेर युवाहरुलाई उछित जयाला मजदुरी र उत्साहित बनाउँदा देशमा आयात खर्च बच्नुका साथै नेपालमा बिकासको गति एकदमै अगाडी लम्की र युवाहरुलाई स्वदेशमै उद्यमशील ब्यबसायी तथा रोजगारीमुलक बनाउन नसकिएला भन्न सकिदैन।

देशको तथा युवाहरुको बिकास र बिस्तारका लागी सरकारले निम्नाअनुसारका कुराहरुलाई मजबुद बनाउन आवश्यक छ।

  • राष्ट्रीय युवा परिषद बाट प्रदान गरीने सेवा
  • गुणस्तरीय ब्यावसायिक शिक्षाको सवलिकरण
  • युवा बुलेटीन , निर्देशिका दस्ताबेज तथा युवा सामग्री बिकास प्रकाशन र बिवरण,प्रचार प्रसार तथा सामग्री उत्पादन तथा प्रकाशन
  • युवा कार्यक्रमहरुको प्रचार प्रसार
  • देशका कार्यक्रमहरुको तथ्यांक संकलन
  • युवाहरुको सीप तथा उद्यमशीलता बिकास कार्यक्रम
  • लोपोन्मुख परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण , प्रर्वर्दन तथा प्रमाणीकरण कार्यक्रम
  • उद्यमशीलता र बितिय साक्षरता अभीवृति
  • पुरुस्कृत युवा तथा युवा उद्यमिको सन्जाल निर्माण परिचालन अनुभव आदानप्रदान तथा प्रोफाईल तयारी
  • युवा महिला उद्यम कार्यक्रम
  • बार्षीक कार्यक्रम समिक्षा कार्यक्रम
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्