हरिवंशदेखि करिश्मा लगायत कलाकारको यस्तो छ भनाइ कुलमान घिसिङको बिषयमा

Kulman ghising

काठमाडौँ, ०९ भदौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको ४ बर्षे कार्यकाल सकिन लागेको खबरले यतिबेला सामाजिक सञ्जाल तातिएको छ। अहिले सबैको चासो प्राधिकरणको निर्देशक कुलमान नै रहलान् अथवा कोहि नयाँ अनुहार देखिने हो भन्नेमा छ ।

लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।

बर्खायाममा समेत दैनिक ८ घण्टा लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियुक्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए।

प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै देशमा लोडसेडिङ मुक्त भएपछि फेरि अर्को ४ बर्षे कार्यकालका लागि घिसिङलाई नियुक्त गर्नुपर्ने माग भइरहेको छ । जनता आफ्नो भावना लगातार प्रस्तुत गरिरहेकै बेला केहि कलाकारले पनि कुलमानकै पक्षमा बोलेका छन् ।

सोहि बिषयलाई लिएर नेपाली चलचित्रका कलाकारहरुले पनि टिका टिप्पणि गर्दै कुलमान घिसिङलाइ साथ दिन थालेका छन् ।
कलाकार हरिवंश आचार्य लेख्छन् –‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’ हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् ।

यता नायिका करिश्मा मानन्धरले पनि कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणमा चाहिने उल्लेख गरेकी छिन्। करिश्मा लेख्छिन्–‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन्। कुलमान घिसिङ फेरि चाहिन्छ।’

यस्तै, अर्की नायिका वर्षा राउतले कुलमानको तस्वीर पोष्ट गर्दै कलाकार हरिवंश आचार्यको पोष्ट शेयर गर्दै कुलमानको समर्थन गरेकी छिन्।

त्यसैगरी चर्चित गायक शिब परियारले पनि स्टाटस लेख्दै भनेका छन् :

म ब्यक्तिगत रुपमा कुलमान घिसिङ्ग ज्यु फेरि पुन: एक पटक बिधुत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसंग एउटा नेपालि नागरिकको हैसियतमा जोड्दार माग गर्दछ ! अहिले मात्र हैन सधैंभरि देशलाई उज्यालो चाहिएको छ ! अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौं ! आशा छ उज्यालो प्रेमि हामि जस्ता तमाम नेपालि जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ !

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्