corona test

थपिए पुन: ८ सय ५५ जना कोरोना संक्रमित

काठमाडौं, ९ भदौ। नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेकाे छ । गएको २४ घण्टामा ८ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार तीन सय २७ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ५५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय १३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १९ हजार एक सय १९ पुगेको छ ।

अब नेपालमा १२ हजार दुई सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये पाँच हजार ६ सय ६९ हाेम आइसाेलेशन र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसाेलेशनमा रहेका छन् ।

यस्तै १० हजार चार सय ५३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *