काठमाडौं, १० भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो फेक ट्वीटर अकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको बताएका छन् । मंगलबार साँझ निर्देशक घिसिङको नाममा फेक ट्वीटर अकाउन्टबाट उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो ।
राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए । @kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो ।
घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’
