death

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाले ज्यान गुमाए

काठमाडौँ, १० भदाै। नेपालमा आज कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट देशभर कुल ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार नेपालमा आज ३८५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । निको हुनेको संख्या १९५०४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

त्यस्तै आज मात्रै एकैदिन ८८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । आज एकैदिन देशभर १३२५३ पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २१ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर आज ११ जनाको मृत्यु हुँदा देशभर कुल ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *