काठमाडौं, ११ भदौ। आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै जल तथा मौसम पूर्वानुमान महाशाखालेसम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
आज देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। बिहानैदेखि देशका केही स्थानहरुमा हल्का बादल र कतै घामको किरण देखिनुका साथै वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशमा पनि एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ।
यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।