मृत्यु

कोरोना संक्रमणका कारण आज मात्र ५ जनाको ज्यान गयो

काठमाडौं, ११ भदौ । कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु र कास्कीका १–१ जना रहेका छन् ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको हो ।

यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । मृतकको शव व्यवस्थापन सेना गर्ने तयारी गरेको छ ।

यता, पर्सामा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाका अनुसार पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको हिजो साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो । चौरसियाका अनुसार मृत्यु भएका व्यक्ति ८ भदौमा अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् ।

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन ।

यसैगरी बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।

भदौ ८ गते स्वाब संकलन गरेर नारायणी उपक्षेत्रीय अस्पताल वीरन्ंजमा पठाएकोमा १० गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि गर्भवती महिलालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । स्वास्प्रस्वासमा समस्या सृजना हुनुको साथ साथै ज्वरो र पखाला लागेकोमा उपचार हुँदै गर्दा निधन भएको अस्पतालले जनाएको छ ।

यसैबीच ललितपुरमा पनि एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । गत भदौ ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्