corona virus

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थप ३५ जनामा संक्रमण

बुटवल, ११ भदौ। बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना संक्रमित थपिएका छन् । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार बुटवलमा ३५ जनासहित रुपन्देहीमा बिहीबार ७२ जना नयाँ संक्रमित थपिएका हुन्।

डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनिटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइसकेको पनि स्वास्थ्य शाखाका प्रमुख सिंहले बताए ।

बुटवल उपमहानगरका अन्य ३५ जना कुनؘ-कुन वडाका हुन् भन्ने विवरण तयार गर्ने क्रममा रहेको पनि उनले जानकारी दिए । उक्त अस्पतालमा लकडाउनका अवधिमा पनि बिरामीको संख्या उल्लेखनिय हुने गरेको छ, उनले भने।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्