death

कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्‍यु

काठमाडौं, १२ भदौ । चितवनको पुष्पाञ्जली अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको हो । उनको ९ गते कोरोना पोजेटिभ आएको थियो ।

त्यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।

उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

झापाको दमक–३ निवासी ८३ वर्षीय पुरुषमा अत्याधिक खोकी, श्वास फेर्न समस्या तथा ज्वरो आएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई बी एन्ड सी टिचिङ अस्पताल बिर्तामोडले प्रतिष्ठानमा थप उपचारका लागि रिफर गरेको थियो ।

गत ३ गते अस्पताल भर्ना गरिएका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनमा मिर्गौलाको दीर्घकालिन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोशीकाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यता, मोरङको बेलबारी ५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत ९ गते अस्पताल भर्ना भएर कोरोना पुष्टि भएका उनको आज बिहान निधन भएको हो । उनको आफन्तसँग सम्पर्क हुन नसकेकाले दीर्घकालिन रोगबारे थाहा हुननसकेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

बिहीबार साँझ पनि प्रतिष्ठानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको थियो । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

यता कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

आजै मृतक परिवारको कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिए । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए ।

कोरोनाका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी दुई दिनका लागि बन्द गरिएको छ । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने बताइएको छ ।

भक्तपुरमा यसअघि कोरोना संक्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भइसकेको छ । भक्तपुरमा ३७५ जना संक्रमित छन् भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्