काठमाडौं, १२ भदौ। उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् ।
उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन्। आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले ट्वीटरमार्फत सबैलाई जानकारी दिएका छन् र सबैलाई सेफ रहन समेत आग्रह गरेका छन्।
६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
