मृत्यु

पोखरामा पुन: एक कोरोना संक्रमितको मृत्यु

पोखरा, १२ भदौ। पोखरामा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ। मृत्यु हनुेमा पोखरा महानगर पालिका वडा नं १६ का ५२ वर्षिय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षको गेटमै शुक्रबार उक्त पुरुषको मृत्यु भएको हो।

प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत रहेका मृतकको श्वास प्रस्वासमा समस्या रहेको अस्पतालका निर्देशक सह प्रा. डा . अर्जुन आचार्यले बताए । उनमा श्वास प्रस्वासमा समस्या भएपछि आज नै अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको शुक्रबार दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिन पुगेका उनी घरै फर्किएका थिए । पछि उनी र उनको गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। बिरामी अवस्थाका ती व्यक्तिलाई स्वाब संकलन गरेपछि चिकित्सकीय निगरानीमा राख्नुपर्नेमा नराखेकाले मृत्यु भएको आफन्तले बताएका छन् ।

मृतकमा कोभिड १९ सङ्गै हाइपरटेन्सन, डाएवेटिज लगाएतका स्वास्थ्य समस्या रहेको अस्पतालका निर्देशक आचार्यले बताए । यससंगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्