काठमाडौं, १२ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९५ पुगेको हो । मन्त्रालयका अनुसार २४ घण्टामा चार महिला र आठ पुरुष गरेर १२ जनाको मृत्यु भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जना कोरोना संक्रमित थपिएको छन् । काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।