आन्दोलन झनै चर्कियो

अमेरिकामा अश्वेत व्यक्तिमाथि गो’ली काण्ड: आ’न्दोलन झनै चर्कियो

अमेरिकामा एक अश्वेत व्यक्तिमाथि गो’ली चलाएपछि चर्किएको वि’रोध प्रदर्शनमा यसअघि मारिएका जर्ज फ्लोइडका आफन्तजनले पनि साथ दिएका छन ।

जर्ज फ्लोइडका बहिनी ब्रिदगेट फ्लोइडले प्रहरी ज्यादतीका कारण आफ्ना दाजुको ज्या’न गएको भन्दै प्रहरी द’मनवि’रुद्ध एकजुट हुन प्रदर्शनकारीहरुलाई सुझाव दिएकी छिन् ।

बि’रोध प्रदर्शनकै क्रममा वासिंटनमा भेला भएका ब्रिदगेटले प्रदर्शकारीहरुलाई प्रदर्शन नरोक्न सुझाव दिएका छन् । मिल्वाकी र सिकागोको बीचमा रहेको करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिं’सा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न छलफल भइरहेको छ ।

शहरमा क’फ्र्यु आदेश जारी गरेपनि प्रदर्शनकारीहरुले त्यसको उल्लंघन गरेका छन् । गत आइतबार प्रहरीले २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने गो’ली प्रहा’र गरेको थियो ।

उक्त घ’टना भएको तीन दिनपछि गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । प्रहरीको गो’ली लागि घा’इते भएका ब्लेक अस्पतालमा उपचाररत छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्