पाेखरा, १३ भदाै । पाेखरा महानगरपालिका वडा नं. १४ का ५८ वर्षिय व्यक्तिकाे काेराेना सक्रंमणबाट मृत्यु भएकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदाै ७ गते अपरेशन गरिएकाे र काेराेना आशंकामा ति व्यक्तिकाे स्वाब संकलन गरि भदाै ८ गते परिक्षणका लागि पठाइएकाे थियाे ।
ति व्यक्तिकाे काेराेना परिक्षणकाे रिपोर्ट भदाै १० गते आएकाे थियाे। काेराेना परिक्षणकाे रिपाेर्ट भने पाेजेटिभ आएकाे थियाे ।
रिपाेर्ट पाेजेटिभ देखिएसगैँ ति व्यक्तिलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड -१९ काे उपचार केन्द्रकाे आइ. सि. यु. मा उपचार भइरहेकाे थियाे ।उक्त व्यक्ति काे उपचारकाे क्रममा आज ११:०० बजे मृत्यु भएकाे छ ।
यो पनि
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिला रहेका छन् । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको शुक्रबार राति १० बजेको समयमा मृत्यु भएको शाक्यले बताए ।
भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।