कोरोना

कोरोना संक्रमणबाट कुन जिल्ला कति प्रभावित? हेर्नुहोस आज सम्मको बिबरण:

काठमाडौँ, १३ भदौ। नेपालमा कोरोना भाइरसको संक्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या यो अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।

भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ ।

मृत्यु हुनेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।

कोरोना संक्रमण
कोरोना संक्रमणबाट कुन जिल्ला कति प्रभावित? कहाँँ कतिको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सामा ३३, काठमाडौंमा १८, मोरङमा १६, धनुषामा १३, बारामा १२, बाँकेम र रुपन्देहीमा सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहामा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्कीमा चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोकमा तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखामा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । प्र

देशगत रुपमा हेर्ने हो भने कोरोना संक्रमणबाट शुक्रबारसम्म प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ७८, वाग्मती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नं ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ ।

corona death

कुन उमेर समूहका कति छन् मृतक ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार १० वर्ष मुनिका उमेर समूहका मृतक सङ्ख्या दुई महिला र दुई पुरुषसहित चार जना, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच जना तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन् ।

यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८ जना, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४० जना, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ जना तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

मृतक
मृतकमृतक

मुस्ताङ र हुम्ला कोरोनामुक्त जिल्ला

नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । शुक्रबार देशभर ९२७ जना कोरोना संक्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १११, प्रदेश नं २ मा ९१, वाग्मती प्रदेशमा ५३२, गण्डकी प्रदेशमा ३५, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेशमा २० तथा सुदूरपश्चिम प्रदेशमा २१ जना रहेका थिए ।

प्रवक्ता गौतमका अनुसार हाल देशभर ५०० भन्दा बढी संक्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौँ, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना संक्रमितको सङ्ख्या ५०० भन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना संक्रमित मुक्त जिल्ला हुन् ।

कोरोनामुक्त

कर्णाली र सुदूरपश्चिममा कोही पनि छैनन् भेन्टिलेटरमा

मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश नं १ मा होम आइसोलेसनमा ४२२, प्रदेश नं २ मा तीन हजार ८६२, वाग्मतीमा एक हजार ६१२, गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेशमा २७ तथा सुदूरपश्चिममा ४९ जना रहेका छन् । सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेश ९८, गण्डकी तीन तथा प्रदेश नं ५ मा १७ संक्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि संक्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताए ।

लाख ५८ हजार ११० पिसिआर परीक्षण

शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ संक्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने संक्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टाइनमा छन् ।

पीसीआर मेसिन

कुन प्रदेशमा कति संक्रमित ?

कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५७४, प्रदेश नं २ मा पाँच हजार ६५३, वाग्मती प्रदेशमा ५५४, गण्डकी प्रदेशमा ४४५, प्रदेश नं ५ मा एक हजार ५००, कर्णाली प्रदेशमा ४१५ तथा सुदूरपश्चिममा ८९४ जना रहेको छ ।

डिस्चार्ज सङ्ख्या

यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५३६, प्रदेश नं २ मा चार हजार ५१७, वाग्मती प्रदेश ९६६, गण्डकी प्रदेश एक हजार ६८८, प्रदेश नं ५ मा चार हजार ७०८, कर्णाली प्रदेश दुई हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा चार हजार ७८९ जना रहेको छ ।

डिस्चार्ज
डिस्चार्ज

विश्वको तथ्यांक

शुक्रबारसम्म विश्वभर कोरोनाबाट आठ लाख ३६ हजार ११२ जनाको ज्यान गइसकेको छ । हालसम्म कोरोनाबाट विश्वभर दुई करोड ४६ लाख ५४ हजार ९६५ जना संक्रमित भएकामा एक करोड ७१ लाख १३ हजार ७६३ जना निको भएर घर फर्किसकेका छन् ।

दक्षिण एसियाली देशहरुमध्ये भारतमा हालसम्म कूल संक्रमितको सङ्ख्या ३४ लाख ६१ हजार २४०, पाकिस्तानमा कूल संक्रमितको सङ्ख्या दुई लाख ९५ हजार ५३, अफगानिस्तानमा कूल संक्रमितको सङ्ख्या ३८ हजार १४०, बङ्गलादेशमा कूल संक्रमितको सङ्ख्या तीन लाख ६ हजार ७९४, माल्दिभ्समा कूल संक्रमितको सङ्ख्या सात हजार ४६९, श्रीलङ्कामा कूल संक्रमितको सङ्ख्या दुई हजार ९८९ तथा भूटानमा कूल संक्रमितको सङ्ख्या १८४ जना रहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली देश भारतमा ६२ हजार ७१३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अफगानिस्तानमा एक हजार ४०२, पाकिस्तानमा ६ हजार २८३, बङ्गलादेशमा चार हजार १७४, माल्दिभ्समा २८ तथा श्रीलङ्कामा १२ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट हालसम्म भूटानमा कसैको पनि ज्यान गएको छैन । भूटानमा हाल ६५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा दीर्घरोगी धेरै

नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन् । उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए ।

काठमाडौं कोरोनाको ‘हटस्पट’

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ। केही हप्ता यता यहाँ संक्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् ।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमित बढेको बताउँछन्। बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौंमा क्वारेन्टाइनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ ।

बाहिरबाट आएका धेरैजसो संक्रमित लुकेर समेत बसेको पाइएको छ। काठमाडौं उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना संक्रमण दिन प्रतिदिन फैलिँदै गएको छ। अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन्।

काठमाडौं

दियान मिडिया डट कम

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्