corona

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ। गएको २४ घण्टामा ३१३ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने जम्मा डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

आज १० हजार ९७१ जनाकाे पिसिआर परीक्षणा गरिएकाे छ । जसमा ६ हजार ४४५ जना हाेम आइसाेलेशनमा रहेका छन्। थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।

यो पनि पढ्नुहोस

कोरोना भाईरसबाट आज मृत्‍यु हुनेहरुको विवरण

काठमाडौं, १३ भदौ । पाेखरा महानगरपालिका वडा नं. १४ का ५८ वर्षिय व्यक्तिकाे  काेराेना सक्रंमणबाट मृत्यु भएकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदाै ७ गते अपरेशन गरिएकाे र काेराेना आशंकामा ति व्यक्तिकाे स्वाब संकलन गरि भदाै ८ गते  परिक्षणका लागि पठाइएकाे थियाे ।

ति व्यक्तिकाे काेराेना परिक्षणकाे रिपाेर्ट भदाै १० गते आएकाे थियाे । काेराेना परिक्षणकाे रिपाेर्ट भने पाेजेटिभ आएकाे थियाे ।

रिपाेर्ट पाेजेटिभ देखिए सगैँ ति व्यक्तिलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड -१९  काे उपचार केन्द्रकाे  आइ. सि. यु. मा उपचार भइरहेकाे थियाे ।  ति  व्यक्ति काे उपचारकाे क्रममा आज ११:०० बजे  मृत्यु भएकाे छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिला रहेका छन् ।

भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको शुक्रबार राति १० बजेको समयमा मृत्यु भएको शाक्यले बताए ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो उनी अस्पताल भर्ना भएकी थिइन् ।

न्यून रक्तचापको समस्याबाट पीडित ती महिलाको साँझ ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।

यस्तै पाल्पाकी एक ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजस्थित पाल्पामा उपचार गराइरहेकी संक्रमित महिलाको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार जिल्लाको तानसेन नगरपालिका–८ मदनपोखरा घर भएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला मुटु रोगीसमेत रहेको अस्पतालको भनाइ छ ।

मृतक ती महिला गत भदौ ५ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि त्यस अस्पतालमा पुगेकी थिइन् भने स्वाब परीक्षण गर्दा यही भदौ ७ गते कोरोना फेला परेको थियो ।

यता कास्कीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १६ का ५२ वर्षीय पुरुष हुन् । उनको गएराति मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । योसँगै पोखरा प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट गएराती एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको भदैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । मिर्गौलाका रोगी उनमा गत ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्