जीप दुर्घटना

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जा, १४ भदौ । वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको बा२झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा चापाकोट–९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।

चापाकोट–९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोखरेल घाइते भएका छन् । घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गह्रौ प्राथमिक अस्पताल वालिङको सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्