कोरोना भाइरसका कारण प्रभावित

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन १४ भदौ। चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन्। जसमध्ये भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जना छन् ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७२ नमुनामध्ये संक्रमण पुष्टि हुने अन्य जिल्लामा तनहुँका २, झापाका २, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १÷१ जनागरी १४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी कोरोना संक्रमणका कारण नवलपुरका एक पुरुषको हिजो साँझ मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा भदौ ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहेका विनयी त्रिवेणी गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्