धरान, १४ भदौ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा पुन: २ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन्।
७४ वर्षीया महिलामा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो आइरहेको थियो त्यसबीच उपचार गर्न धरानको कोभिड अस्पतालमा ल्याए पश्चात आइतबार बिहान ८ बजेर ३० मिनेटमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
यस्तै ६० वर्षीय पुरुषमा पनि अध्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कलेजोमा समेत समस्या रहेको थियो। उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। मृतक हुनेहरु दुबैमा आइतबारनै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
शवको व्यवस्थापनि नियमानुसार गर्ने तयारी थालिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
यो पनि पढ्नुहोस
ललितपुरको पाटन अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु
ललितपुर, १४ भदौ। ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका तीन जना व्यक्ति रहेका छन् । जसमा ललितपुरका २९ वर्षीय एक पुरुष, भैरहवाका ५७ वर्षीय एक पुरुष र महोत्तरीकी ६२ वर्षीया महिला रहेको अस्पतालका निर्देशक डा रवि शाक्यले जानाकारी दिएका हुन्।
पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो ।
अस्पतालका अनुसार संक्रमित हुने मध्ये ललितपुर पाटनका २९ वर्षीय युवक र भैरहवाका ५७ वर्षीय पुरुष किड्नीका बिरामी थिए भने महोत्तरी जलेश्वरकी ६२ वर्षीया महिलामा रगतमा समस्या थियो ।