corona india

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ लाख ४७ हजार पुग्यो !

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको छ । मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल सङ्क्रमित हरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ । पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या ९४८ रहेको उल्लेख गरिएको छ ।

भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कूल सङ्क्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमण मुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्