जिवितै निस्केर यस्तो काहानी

पोखरीमा डुबेको ६ घण्टा पछि जिवितै निस्केर यस्तो काहानी सुनाइन् एक १४ बर्षीय युवतीले

सप्तरी, १४ भदौ। पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केको दाबी गर्ने एक किशोरीको अहिले जिल्लाभरि चर्चा भइरहेको छ। ती किशोरी हुन् सप्तरीको बलानबिहुल गाउँपालिका ६ रौतहटकी १४ वर्षिया मुनचुन कुमारी दास। उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा, कोरोना संक्रमणबाट जोगिन कायम गर्नुपर्ने दूरी र मास्क प्रयोगलगायत कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरी जनप्रतिनिधिसहितको भीड स्थानीय वरकी पोखरीमा जम्मा भएको हो । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार गत सोमबार साँझपख उक्त पोखरीनजिक गाउँका ६ जना किशोरी घाँस काट्न गएका थिए ।

घर फर्कने क्रममा मुनचुनकुमारी दासले पोखरीमा फुलेको फूल टिप्न खोज्दा डिलमा रहेको रूखमा ठूलो आवाज आएको र साथीहरूले हेर्दा ती किशोरी पोखरीमा डुबेको अध्यक्ष गोइतको दाबी छ । मुनचुन डुबेपछि स्थानीयले पोखरीभरि खोज्दा फेला नपारेको तर राति १२ बजेतिर डिलमा फेला परेको उनले बताए ।

पोखरीमा डुबेको झन्डै ६ घण्टापछि उनी जिउँदै निस्किनु दैवी चमत्कार भएको भन्दै शुक्रबारदेखि किशोरीलाई हेर्नेको घुइँचो लागेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले धार्मिक आस्थाको आधारमा देखिएको भिंड व्यवस्थापन गर्न र सामाजिक दुरी कायम गर्न गराउन अहिले त्यसतर्फ आवश्यक निर्देशनसहित सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

उक्त पोखरी भारतीय सीमानजिकै पर्छ । जिल्लाका विभिन्न ठाउँ, सिरहा र सीमावर्ती भारतीय क्षेत्रबाट समेत किशोरीलाई हेर्न सर्वसाधारण ओइरिएका छन् । साइकल, मोटरसाइकल, गोरुगाडा, टेम्पोमा मात्र होइन, नजिकका बस्तीबाट पैदलै पनि परिवारसहित पुग्नेहरूको लाम लागेको छ ।

पोखरीनजिकै रहेको मन्दिरको अग्रभागमा मुनचुनकुमारीलाई राखिएको छ। मन्दिरको मूलगेटमा दानपेटिका छ । दर्शन गर्न आउनेहरूले मुनचुनकुमारीलाई ढोग्दै, पैसा चढाउँदै मन्दिरमा समेत दर्शन गर्ने गरेका छन्।

अक्सिजनको संचार हुन नसक्ने सो पोखरीमा डुबेर सात घण्टापछि जिवित्तै निस्केको अनौठो घटना र दाबी गरिएपछि सबै चकित परेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई स्थानिय तथा जनप्रतिनिधिहरुले दैविक शक्ति र चमत्कार मानेका छन् भने कसैले स्वास्थ्य विज्ञानलाई चुनौती भनेका छन् ।

मुनचुनले आफू डुबेपछि भित्र ठूलो मन्दिर देखेको र त्यहाँ एक जना बाबा भेटेको दाबी गरेकी छन् । ऐतिहासिक पोखरी भएको र आश्चर्यको घटना भएकाले दैवी शक्तिको विश्वासमा भीड लागेको अध्यक्ष गोइतले बताए । शनिबार त्यहीं भेटिएका पूर्वसिँचाइमन्त्री उमेश यादवले आस्थाका कारण सर्वसाधारणको भीड उर्लेको बताए ।

चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन्। गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. रन्जित झाले सात/आठ घण्टा अक्सिजन बिना मानिस बाच्न नसक्ने बताउँदै आफूहरुलाई यस्ता कुरामा विश्वास नरहने जिकिर गरे ।

गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।

घटना बारे चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताए । उनीहरुले उक्त पोखरी र मन्दिरको ऐतिहासिकता तथा पौराणिकताका बारेमा तथ्यमा पुग्नका लागि पुरातत्व विभागले आवश्यक अनुसन्धान गरि सरकारले उक्त क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताए ।

गाउँको उक्त ऐतिहासिक मन्दिर र पोखरीमा दैनिक स्थानिय श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ । पोखरीमा स्नान गर्ने र पवित्र भई उक्त मन्दिरमा पूजाआजा गर्ने वर्षौदेखी परम्परा चलिआएको स्थानिय बुढापाकाहरुको भनाई छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्