हेमन्त कान्छा रसाइलिको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

गीत

काठमाडौं, १५ भदौ। देशमा कोरोना भाइरस महामारीका कारण सांगीतिक बजार थला पर्दै गइरहेको परिवेशमा लोकप्रिय गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले निकै नै मर्मस्पर्शी गीत बजारमा लिएर आएका छन् ।

दर्शक स्रोताले यसअघि सर्वाधिक रुचाइएको गीत “किन होला खै”लाई भाग २ बनाएर ( दुई दिन हसायो ) बोलको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतलाई वरिष्ठ सर्जक राजकुमार बगरले लेखेका हुन् भने संगीत पनि बगरकै रहेको छ । हेमन्त कान्छा रसाइलीको एकल स्वरमा रहेको यस गीतको भिडियोमा कलाकार सुवेदी, शिशिर भण्डारी र हेमन्त कान्छाको उत्कृष्ट अभिनय रहेको छ ।

अनिल कुमार महर्जनले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । भिडियो निर्देशन पनि गायक स्वयम् हेमन्त कान्छा रसाइलीले नै गरेका हुन् ।

पछिल्लो केही समय यता सांगीतिक बजारमा हेमन्त कान्छाको एकपछि अर्को गर्दै नयाँ गीतहरु आइरहेको छ । बिशेष गरी समसामयिक बिषयमा गीत बनाएर गाउनमा माहिर हेमन्त कान्छाले अग्रज सर्जकहरुको लोपोन्मुख गीतहरु पनि धेरै गाएका छन् ।

गीतको पुरा भिडियो हेर्नुहोस्

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्