विराटनगर, १६ भदौ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्रि घिमिरे शनिबार धनकुटामा जिल्ला समन्वय समितिको एक कार्यक्रममा सहभागी भएका थिए ।
उनले उक्त कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेशका माननीय, प्रमुख जिल्ला अधिकारी, धनकुटा नगरपालिकाका मेयर लगायत प्रतिनिधिको उपस्थिति रहेको जनाए।शनिबार साझदेखि उनी निवासमै छन् । उनको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
