अनेरास्ववियुको विवाद सामाजिक सञ्जालमा छताछुल्ल

काठमाडौँ, १६ भदौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियुमा विवाद चर्किएको छ। संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङपक्षीय विवादको लप्कोले संगठनलाई भित्रभित्रै सल्काइरहेको छ।

गुटको भेला र विज्ञप्ति निकाल्नेबाट सुरु भएको संगठनको विवाद अहिले उत्कर्षमा पुगेको छ। संगठन एक भए पनि अध्यक्ष केपी शर्मा ओली पक्षका विद्यार्थी नेताले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय विद्यार्थी नेतालाई थाहै नदिई भेला गर्न थालेपछि विवाद सतहमा देखा परेको हो।

संयोजक महरले विद्यार्थी संगठनलाई सबैको सहमति र समझदारीमा अघि बढाउनु पर्नेमा आफूखुसी गुटको भेला गर्दै संगठनलाई विभाजित गर्न थालेको भन्दै अन्य पदाधिकारीहरुले विरोध जनाएपछि तामाङले विज्ञप्ति निकालेर महरको आलोचना गरेका थिए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले गत आइतबार ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भनेर ट्वीट गरे।

उक्त ट्वीटको बिषयलाई लिएर मनिसहरुबाट धेरै थरिका प्रतिक्रिया आए। कतिले उनको कुरामा सहमति जनाए त कतिले विरोध गरे। तर उनलाई समर्थन गर्ने भन्दा गालि गर्नेको संख्या धेरै भेटियो।

सोमबार तामाङले अर्को ट्वीट गरे- आफू सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्ने मुर्खलाई के भनौ र! उक्त ट्वीटबारे पनि अनेरास्ववियुका नेता-कार्यकर्ता बहसमा उत्रिएका छन्। तामाङका यी दुई ट्वीट र त्यसमा आएका प्रतिक्रिया हेर्दा थाहा हुन्छ- अनेरास्ववियुमा आन्तरिक कलहले गहिरो जरा गाडिसकेको छ।

विवादको पछिल्लो श्रृंखला भदौ १२ गतेदेखि सुरू भएको हो। लकडाउन र निषेधाज्ञाले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलतामा केन्द्रित रहेर तामाङले भदौ १२ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २१ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रमा उनको मात्रै हस्ताक्षर छ। संयोजक ऐन महरको सहमति नलिई एकतर्फी रूपमा ज्ञापनपत्र बुझाएको भन्दै अनेरास्ववियुका केही नेताले तामाङलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

अनेरास्ववियुको झण्डा र लेटरप्याडको दुरूपयोग गरेको भन्दै संयोजकको हस्ताक्षर नभएको कुनै पनि डकुमेन्ट आधिकारिक नहुने उनीहरूको तर्क छ। पार्टी एकतासँगै पूर्वएमालेको भागमा अनेरास्ववियु परेकाले महर संयोजक छन् भने पूर्वमाओवादीका तामाङ सहसंयोजक बनेका हुन्।

अहिले पूर्वएमाले पक्षधरले तामाङको चर्को आलोचना गरिरहेका छन् भने पूर्वमाओवादी पक्षधर उनको बचाउमा लागेका छन्। विशेष गरेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरका विद्यार्थी नेताहरूले तामाङलाई संगठनबाटै हटाउनु पर्नेसम्मका माग राखेका छन्।

अनेरास्ववियु
अनेरास्ववियु

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्