विश्व स्वास्थ्य संठन

हतारमा भ्याक्सिनलाई मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चे’तावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चे’तावनी दिएकी छिन् ।

डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् । यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ ।

स्वास्थ्य संगठनले जुन देशमा अहिले पनि उल्लेख्य मात्रामा नयाँ संक्रमित फेला परिरहेका तर उनीहरुले मानिसलाई जम्मा हुने अनुमती दिन्छन् भने यो वि’ध्वं’सलाई निम्तो दिए सरह हुने बताएको छ । बीबीसी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्