सन्दीप लामिछाने

सन्दीप लामिछानेले विकेट लिए पनि जमैका तलावाज पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो ।

उक्त खेलमा सन्दीपले एक विकेट लिएका थिए । उनले चार ओभरमा २० रन खर्चिएका थिए । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएका छन । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो ।

हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

शुरुवातमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो ।

ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाए । यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोड्न सफल भए । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिए । सन्दीपले लेन्स सिमोन्सको विकेट लिएका थिए ।

जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गरे । उनले अविजित अर्धशतकीय पारी खेले । रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए ।

यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए । कार्लोस बाथवेटले अविजित २१ रन जोडे पनि जमैकालाई जिताउन भने सकेनन् । बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिए । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ । रासस

सन्दीप लामिछाने
सन्दीप लामिछाने
सन्दीप लामिछाने

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्