death

कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्‍यु

काठमाडौं, १७ भदौ । कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार उनीहरुको मृत्यु कोरोनाका कारण भएको हो ।

मृत्यु हुनेमा ७५ वर्षीय एक पुरुष र २० वर्षीया एक महिला छन् । सो अस्पतालका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने मृतक महिला तनहुँकी हुन् ।

थपलियाका अनुसार ७५ वर्षीया पुरुष सुगर प्रेसरजस्ता दीर्घरोगबाट पीडित थिए । त्यसैगरी, २० वर्षीया महिला बाथरोथ र मिर्गौलाबाट पीडित थिइन् । उनीहरु दुवैको मृत्यु आइसियूमा उपचारका क्रममा भएको हो ।

यता बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पतल अन्तर्गत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको जनाइएको छ ।

संक्रमीत महिलालाई ७ गते उपचारको लागि बुटवल ल्याइएको थियो र उपचार गर्दा गर्दे उनको आज मृत्यु भएको अस्पातल स्रोतले जनाएको छ । उनलाई प्रेसर र कोरोना कारण निमोनिया देखिएको थियो ।

त्यस्तै गत राति रूपन्देहीको भैरहवा स्थित भीम अस्पतालमा उपचाररत नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो । नवलपरासी पश्चिम, रामग्राम–५ की महिलालाई खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो ।

बुटवलमा आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरि आईसीयुमा राखेर उपचार गर्दा गर्दे उनको मृत्यु भएको हो । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।

भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको छन् । हालै मात्र ५ वटा आईसीयू सेवा अस्पतालमा शुरु गरेको हो । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्तक महिलाको शव व्यवस्थापको विषयमा छलफल भइरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्