आत्महत्या

कोरोनाको कहरको बेला दाङमा १६ वर्षमूनिका ९ बालबालिकाले गरे आ’त्मह’त्या

दाङ, १७ भदौ । कोरोनाको कहरको बेला दाङमा १६ वर्षमूनिका बालबालिकाहरु आ’त्मह’त्या गर्न थालेका छन् । विगतमा बालबालिकाले आ’त्मह’त्या गरेका घ’टना त्यति सुनिँदैनथ्यो । तर कोरोना कहरका बेला १६ वर्षमूनिका बालबालिकाले आ’त्मह’त्या गरेका घ’टना बढी बाहिर आएको प्रहरी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लकडाउनयता १६ वर्षमूनिका ९ बालबालिकाले आ’त्मह’त्या गरेका छन् । चैतमा एक, वैशाखमा दुई, जेठमा एक, असारमा दुई, साउनमा दुई र भदौको आधाआधी बित्दा एकजनाले आ’त्मह’त्या गरिसकेका छन् ।

बालबालिकाले आ’त्मह’त्या गरेका घ’टना जिल्लामा नयाँ भएको र यसको प्रमुख कारण कोरोना कहर र पारिवारिक बेवास्ता भएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी निरीक्षक राजन गौतम बताउँछन ।

लामो समयसम्मको लकडाउनका कारण उनीहरूको साथीसँगको सम्बन्ध पनि टुटेको छ । उनीहरूले आफूलाई मनमा लागेको कुरा भन्न र सुनाउन पाउने साथीहरू कोरोना कहरका कारण टाढा छन् । परिवारका सदस्यहरूले पनि उनीहरूको मनोभाव बुझ्न सकेनन् । अनि मानसिक रूपमा त’नाव सुरु भयो । अभिभावकहरु काममा ब्यस्त हुँदा र आफ्ना बालबालिकालाई समय नछुट्याउँदा यो समस्या देखा पर्न गएको अनुसन्धानले जनाउँछ ।

यसैगरी, घरभित्रै विक्षि’प्त भएर बसेका उनीहरूलाई परिवारका सदस्यबाट गरिने सामान्य गा’ली पनि आ’त्मह’त्याको कारण बन्ने गरेको छ । घोराही रामपुरका एक बालकले आमासँग खाना खान मागेको र आमाले त्यो समयमा खान नदिई ह’प्काएपछि नजिकैको जंगलमा गएर आ’त्मह’त्या गरेको घ’टनाबारे गौतमले जानकारी दिए ।

गौतमका अनुसार मोबाइलको प्रयोग पनि यसको अर्को कारण हो । बढ्दो मोबाइलको प्रयोगले उनीहरूलाई सकारात्मक भन्दा पनि बढी न’कारात्मक प्रभाव पार्दै लगेपछि जीवन नै समाप्त पार्नेसम्मको अवस्थासम्म पुर्याउने गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्