तालमा डूबेर मृत्यु

खोलाले बगाउँदा एक बालिका बेपत्ता

बाग्लुङ, १७ भदौ । भल्कोट खोलाले बगाउँदा बाग्लुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मङ्गलबार साँझदेखि बेपत्ता भएकी हुन् ।

घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हु’त्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिए ।

घ’टनाबारे प्रहरीले बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ ।

बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस् :-

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठो’क्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च ७६७७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ग२ख ४३१९ नम्बरको ट्रक बिहान ११ः३० बजे एकापसमा ठ’क्कर खाएका थिए ।

ठ’क्करबाट घा’इते बोलेरो चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम, थर, ठेगाना खुल्न सकेको छैन । ठक्कर खाने दुवै सवारी र ट्रकका चालक प्रहरीको निय’न्त्रणमा छन् ।

यता दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घ’टनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवा’रिसे शव फेला परेको छ । राप्ती गाउँपालिका –२ को राप्ती नदी कटाहाघाटमा ४५ वर्षीय एक महिलाको शव फेला परेको हो ।

बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयवासीले शव किनारमा तैरिरहेका अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र थप अनुस’न्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए ।

त्यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले ड’से’र मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले ड’सेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदं’श उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो ।

यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले ड’स्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्