मृत्यु

एकै पटकमा चार सन्तान जन्माएर संसारबाट बिदा भइन अरमाना

जनकपुर, १७ भदौ । एकैपल्ट एक छोरा र तीन छोरीलाई जन्म दिएपछि धनुषामा एक आमाको मृत्यु भएको छ । जनकपुरधाम स्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको हो ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् । एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै गम्भिर रहेको थियो । बुधबार बिहानदेखि शवासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो ज्यान गएको अस्पतालले जानकारी दिएको छ । ।

मंगलबार बिहान काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनिया सिंहले शल्यक्रियामार्फत बच्चाहरु निकालेकी थिइन् । अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ३ छोरी र एक छोरा छन् ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । चारवटै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भइरहेको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्