मदिरा

म’दिरा सेवन गरे करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…

डोटी, १८ भदौ । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रा’न्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा म’दिरा बिक्री वितरण भइरहेको छ । म’दिराका कारण जिल्लाको सुरक्षा चुनौ’ती पनि थपिँदै जान थालेको छ ।

म’दिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौ’ती बढेको हो । यहाँ फैलिएको भ्रम र अ’न्धविश्वासका कारण गाउँघरमा म’दिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।

कोरोनाबाट जोगिन भन्दै म’दिरा नपिउनेहरुले पनि हिजोआज म’दिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए । उनले भने, “म’दिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घ’टना समेत घ’ट्न थालेका छन् ।” म’दिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन ।

म’दिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घ’टना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा म’दिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ ।

गाउँघरमा हुने अधिकांश घ’टनाको प्रमुख कारण म’दिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने म’दिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । म’दिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै म’दिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् ।

जिल्ला सदरमुकाम लगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित म’दिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताए । उनले भने, “बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम म’दिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौ’ती थपिएको छ ।”

म’दिरा सेवनका कारण ठूलै घ’टना नभएपनि सामान्य घ’टनाहरु दैनिक जसो गाउँमा घ’ट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए । उनले भने, “प्रहरीको सामुन्ने कसैले पनि म’दिरा बेच्दैनन, प्रहरी नभएको बेला म’दिरा बिक्री भइरहेको छ ।” यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा म’दिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आ’रोप छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा म’दिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उ’जुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले म’दिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र म’दिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत म’दिरा कारोबार भइरहेको पाईएको छ ।

जिल्ला सदरमुकाममा म’दिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अ’वैध म’दिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो म’दिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आ’रोप छ ।

उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा म’दिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे । उनले भने, “अ’बैध म’दिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनौँ, पहिलेभन्दा अहिले म’दिरा बेचबिखन नियन्त्रणमा आएको छ, अ’बैध म’दिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।” रासस

मदिरा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्