कछुवा

दोलई खोलामा सुनौलो कछुवा भेटिएपछि …

दाङ, १९ भदौ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा सुनौलो कछुवा भेटिएको छ। स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् ।

राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो ।

संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए । सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो । यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्