कोरोना संक्रमण पुष्टि

पोखरामा सात प्रहरीसहित गण्डकीमा थपिए ४० संक्रमित

पोखरा, १९ भदाै । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले जनाए अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी पूर्वका १७ जना, कास्कीका १६, लमजुङका ३, तनहुँका २ तथा बागलुङ र स्याङ्जाका १–१ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा बिहीबार एकै दिनमा कोरोना सङ्क्रमित ३ जनाको मृत्यु भएको छ। गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार तनहुँ, कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १–१ जना गरी ३ जनाको उपचारको मृत्यु भएको हो।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्