गण्डकी प्रदेशमा थप ४४ जनामा काेराेना संक्रमण पुष्टि

कोरोना खोपको मूल्य

पाेखरा, २० भदाै। अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ संक्रमितहरु ४४ जना रहेका छन। कास्की जिल्ला, पोखरा महानगरपालिकाका -७ २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी रहेका छन ।

पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ र ४५ बर्षीय पुरुष, पोखरा महानगरपालिका- ६ का ३० वर्षिय पुरूष , ३७ वर्षिय एक महिला छन। पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आउनेमा संक्रमण देखिएकाे हाे।

पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् । बाग्लुङ जिल्लामा तमन्खाेला- १ का एक जना, बडिगाडा का एक जना , बाग्लुङका एक जना गरि तिन जना रहेका छन।

लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु रहेका छन। अन्य सबै व्यक्तिहरु कन्ट्रयाक टेसिङ बाट पहिचान भएका हुन। सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

यो पनि पढ्नुहोस

चितवन, २० भदाै । चितवनमा शनिबार बिहान थप २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं १, ३, ५, ६, ७, १०, ११, १२ र २३ का १९ जना, रत्ननगरका एक जना र राप्तीका एक जना रहेका छन् ।

त्यस्तै पर्साका एक जना र गुल्मीका एक जना मकवानपुरका २ जना, रुपन्देहीका एक जना, काठमाडौंका एक जना रहेका छन् । भरतपुरस्थित चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा शनिवार बिहान थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्