death

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख १४ हजार रहेको छ । चीनको हुवाइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा ६३ लाख ८६ हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमध्ये ३६ लाख ३० हजार कोरोना मुक्त भएका छन् भने १ लाख ९२ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख ९१ हजार पुगेको छ भने ३२ लाख ७८ हजार कोरोना मुक्त भएका छन् । मृत्यु हुनेको संख्या १ लाख २५ हजार पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४० लाख २० हजार संक्रमित रहेकोमा ३१ लाख ४ हजार कोरोना मुक्त भएका छन् भने ६९ हजार बढीको मृत्यु भएको छ । रुसमा १० लाख ९ हजार संक्रमित रहेका छन् । यी मध्ये ८ लाख २६ हजार कोरोना मुक्त भएका छन् भने १७ हजार बढीको मृत्यु भएको छ ।एजेन्सी

यो पनि पढ्नुहोस् :-

काठमाडौं, २० भदौ । कोरोना भाइरसबाट संक्रमित बनेका विराटनगर महानगरपालिका घर भएका दुई जना महिलाको मृत्यु भएको छ । उपचारका क्रममा एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजकसमेत रहेका डा. यादवले बताए ।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । यादवका अनुसार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो । महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा. सापकोटाले बताए ।

स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो । डा. सापकोटाले मृतकको शवको व्यवस्थापन नियम अनुसार गरिने जानकारी दिए । हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यस्तै, बुटलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीकोबुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पालका फोकल पर्सन डा। सुर्दशन थापाले रातोपाटीलाई बताए ।

नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो । गए रातिदेखी भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना देखीएको थियो ।भने कुनै दिर्घरोग नभएको डा.थापाले बताए ।

बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे गयराती ११ वजे मृत्यु भएको थियो । उनलाई पनि कुनै दिर्घरोग नभएको डा. थापाले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्