मृत्यु

अल्का अस्पतालमा कार्यरत कर्मचारीको शव जङ्गलमा भेटियो

काठमाडौं, २० भदौ । ललितपुरको अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारीको शव जङ्गलमा भेटिएको छ । अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बनमा फेला परेको छ ।

भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्क बिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘मानिस हराएको’ सूचना दिएका थिए । गीताको ह’त्या भएको आशं’का गरिएको छ ।

घ’टना अ’नुस’न्धानको सिलसिलामा मृतकका भतिजा निर्मल केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।

केसी ललितपुर स्थित अल्का अस्पताल–२ मा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिइन् । ह’त्या आशं’कामा भतिजा निर्मललाई प्रहरीले भैंसेपाटीबाट पक्रोको हो भने मृतक पनि भैसेपाटीमा परिवारसँग बस्दै आएकी थिइन् ।

गएराति गोदावरीको मुख्य सडक बाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको स’नाख’त गरेका छन् । गीताको शव पो*ष्टमा*र्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस् :-

कैलाली, २० भदौ । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक अनुसार डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको हो ।

दं’गा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्