भ्याक्सिन

निकै बि’वादित रसियाली भ्याक्सिनको नतिजा सकारात्मक

रसियाका वैज्ञानिकले आफूले उत्पादन गरेको रसियाली भ्याक्सिनको पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा २८ दिनमा मानिसको शरीरमा टी सेल्सले कोरोना भाइरसविरुद्ध काम गर्न सुरु गरेको बताइएको छ ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको रिपोर्टमा प्रत्येक सहभागीको शरीरमा भाइरसविरुद्ध लड्नका लागि एन्टिबडी निर्माण भएको र यसको कुनै भ’यानक साइड इफे’क्टसमेत नरहेको बताइएको छ ।

लान्सेट पेपर अनुसार स्पुतनिक भी को दुईवटा ट्रायल जून र जुलाई महिनामा भएको थियो । प्रत्येकमा ३८ स्वस्थ्य स्वयंसेवकको उपस्थिती रहेको थियो जसलाई सुरुमा स्पुतनिक भी भ्याक्सिन दिइएको थियो भने त्यसको तीन हप्तापछि बुस्टर भ्याक्सिन दिइएको थियो ।

१८ देखि ६० वर्ष उमेर समूहका यी सहभागीलाई ४२ दिनसम्म अवलोकन गरिएको थियो । उनीहरुमा तीन हप्ताभित्र एन्टिबडी विकसित भएको पाइयो । उनीहरुमा टाउको र जोर्नी दुखाई साधारण साइड इफे’क्ट देखिएका थिए ।

रसियाले उक्त भ्याक्सिन अगस्टमा स्थानीय प्रयोग गर्न अनुमति दिएको थियो । रिपोर्ट प्रकाशित नगरी भ्याक्सिन प्रयोगमा अनुमति दिने यो पहिलो देश हो । त्यसैले यसको व्यापक आ’लोचनासमेत भएको थियो । बीबीसी

यो पनि पढ्नुहोस् :-

फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले आउँदो दुई हप्तामा आइसीयूमा भर्ना हुने मानिसहरुको संख्या बढ्न सक्ने बताउँदै थप सचेत रहन आग्रह गरेका छन् ।

पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् । उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’

फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ । बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्