कोरोना संक्रमित

फ्रान्समा अबको १५ दिनभित्र कोरोना संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने

फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले आउँदो दुई हप्तामा आइसीयूमा भर्ना हुने मानिसहरुको संख्या बढ्न सक्ने बताउँदै थप सचेत रहन आग्रह गरेका छन् ।

पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् ।

उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’ फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ । बीबीसी

यो पनि पढ्नुहोस् :-

रसियाका वैज्ञानिकले आफूले उत्पादन गरेको रसियाली भ्याक्सिनको पहिलो रिपोर्ट प्रकाशित गरेका छन् जसमा २८ दिनमा मानिसको शरीरमा टी सेल्सले कोरोना भाइरसविरुद्ध काम गर्न सुरु गरेको बताइएको छ ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको रिपोर्टमा प्रत्येक सहभागीको शरीरमा भाइरसविरुद्ध लड्नका लागि एन्टिबडी निर्माण भएको र यसको कुनै भ’यानक साइड इफे’क्टसमेत नरहेको बताइएको छ ।

लान्सेट पेपर अनुसार स्पुतनिक भी को दुईवटा ट्रायल जून र जुलाई महिनामा भएको थियो । प्रत्येकमा ३८ स्वस्थ्य स्वयंसेवकको उपस्थिती रहेको थियो जसलाई सुरुमा स्पुतनिक भी भ्याक्सिन दिइएको थियो भने त्यसको तीन हप्तापछि बुस्टर भ्याक्सिन दिइएको थियो ।

१८ देखि ६० वर्ष उमेर समूहका यी सहभागीलाई ४२ दिनसम्म अवलोकन गरिएको थियो । उनीहरुमा तीन हप्ताभित्र एन्टिबडी विकसित भएको पाइयो । उनीहरुमा टाउको र जोर्नी दुखाई साधारण साइड इफे’क्ट देखिएका थिए ।

रसियाले उक्त भ्याक्सिन अगस्टमा स्थानीय प्रयोग गर्न अनुमति दिएको थियो । रिपोर्ट प्रकाशित नगरी भ्याक्सिन प्रयोगमा अनुमति दिने यो पहिलो देश हो । त्यसैले यसको व्यापक आ’लोचनासमेत भएको थियो । बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्