corona hospital

सरकारले १६ वटा निजी अस्पतालका कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने

काठमाडौं,२१ भदाै। सरकारले अब १६ वटा निजी अस्पतालका कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने भएको छ ।सरकारले तोकेकै शुल्कमा निजी अस्पतालका कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने भएको हो ।

मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरुको खर्चसमेत सरकारलेनै व्यहोर्ने गरी ती अस्पतालसँग सम्झौता भएको हो ।जसमा काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिरका ९ वटा निजी अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्ने भएको छ ।

अस्पतालको उपचारखर्च सरकारले व्यहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।संक्रमितको उपचारमा खटेका १६ निजी अस्पताल :

काठमाडौं उपत्यकामा

  • जनमैत्री अस्पताल
  • बयोधा अस्पताल
  • काठमाडौ मेडिकल कलेज सिनामंगल
  • मेघा अस्पताल, कान्तिपुर अस्पताल तिनकुने
  • काठमाडौं डेन्टल एण्ड जनरल अस्पताल बसुन्धरा
  • नोबेल अस्पताल सिनामंगल

काठमाडौं उपत्यका बाहिर

  • चितवन मेडिकल कलेज, भरतपुर
  • धुलिखेल सामुदायिक अस्पताल, धुलिखेल
  • पुरानो मेडिकल कलेज, भरतपुर
  • जानकी अस्पताल, जनकपुर
  • नेशनल मेडिकल कलेज,वीरगञ्ज
  • नेपालजञ्ज मेडिकल कलेज,कोहलरपुर
  • लुम्बिनी मेडिकल कलेज, पाल्पा
  • देवदह मेडिकल कलेज, बुटवल
  • विराट मेडिकल कलेज, विराटनगर

यो पनि पढ्नुहोस

पोखरा, २१ भदौ। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।

निर्देशनालयका अनुसार स्याङ्जामा २२ जना, कास्कीमा २० जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १३ जना, तनहुँमा ७ जना, बागलुङमा ३ र लमजुङमा २ जनामा संक्रमण पुष्‍टि भएको हो। उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। यससहित गण्डकी प्रदेशमा अहिलेसम्म दुई हजार ५१४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्