arrest woman

रियाका वकिलले भने: उनी स’जाय भोग्न तयार

सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्र’ग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर सामन पठाएको थियो ।

ड्र’ग्स मु’द्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती (रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिर’फ्तारी भइसकेको छ । कैजान इब्राहिमलाई पनि पक्राउ गरिएको थियो तर शनिबार उनले अदालतबाट जमानत पाएका छन् ।

रियाका वकिल सतिश मानशिंदेले भने, ‘रिया गिर’फ्तार हुनका लागि तयार छिन् । यदि कसैलाई प्रेम गर्नु अप’राध हो भने उनी प्रेमको नतिजा भोग्नेछिन् । उनी निर्दोष छिन् त्यसैले उनले पुलिस, सिबिआई, ईडी र एनसीको सामना गरिन् तर कुनै अग्रिम जमानतका लागि कुनै अदालतको ढोका ढक्ढकाइनन् ।’ एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्