mask

इटालीमा कोरोनालाई नक्कली भन्दै हजारौ मानिस सडकमा उत्रिए

संसारभरी कोरोनाभाइरसको अहिलेसम्म २ करोड ७२ लाख ३४ हजार ८ सय ९२ संक्रमित भेटिएका छन् । यीमध्ये १ करोड ९३ लाख १३ हजार २६ बिरामी ठिक पनि भइसकेका छन् जबकी ८ लाख ८५ हजार ९ सय ४३ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो ।

फ्रान्स सरकारले आइतबार सात नयाँ इलाकालाई रेड जोन घोषित गरेको छ । यसका साथै देशमा रेड जोन घोषित गरिएको इलाकाको संख्या २८ पुगेको छ । पछिल्लो दुई दिनदेखि देशमा ८ हजार पाँच सयभन्दा बढी संक्रमित भेटिएका छन् । अहिलेसम्म यहाँ ३ लाख १७ हजार ७ सय ६ पोजेटिभ केस भेटिएका छन् भने ३० हजार ७ सय २४ को मृत्यु भएको छ ।

अष्ट्रेलियाको राजधानी मेलबर्नमा आइतबार लकडाउन दुई हप्ताका लागि बढाइएको छ । भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रूजले राज्यमा संक्रमितको संख्या कम भएपनि सावधानी अपनाउँदै लकडाउन २८ सेप्टेम्बरसम्म बढाउने निर्णय गरिएको जानकारी दिए ।

उता इटलीको राजधानी रोममा आइतबार हज्जारौं संख्यामा मानिसहरु एकजुट भएर प्रदर्शन गरे । मानिसहरुले कोरोना महामारीलाई नक्कली बताए । फेस मास्क र सामाजिक दुरी अनिवार्य गर्ने सरकारको आदेशलाई बेकार भने । मानसहरुले यो नक्कली महामारी भने । यसले पहिले नै बिरामी भएका मानिसहरुलाई असर गर्ने बताउँदै सरकारले सामाजिक दुरी र फेस मास्कलाई अनिवार्य गर्ने आफ्नो निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग थियो । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्