subash_subba

‘कोरोनाबाट मृत्यु हुनेको मिर्गौला निकालिन्छ’ भनेर अफ’वाह फैलाउने चिकित्सक प्रहरीको फन्दामा

काठमाडौँ, २२ भदौ। विश्वमा कोरोना भाइरसको महामारीले त्र’सित बनाइरहेका बेला कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर नि’काल्ने गरिन्छ’ भन्दै अफ’वाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अ’पराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको ह । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको श’रीरको अं’ग निका’लेर बे’च्ने गरेको’ बताएका थिए ।

‘नेपालमा कोरोना नै छैन, नत्र सडकमा बस्नेलाई किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन्– ‘सरकारमा मगन्तेहरु बसेका छन्, कोरोना भ्रष्टाचार गर्ने बहाना बनेको छ ।’

प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन् । उनले अफ’वाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अप’राध महाशाखाका एसएसपी दिपक थापाले बताए ।

मुलुकी अप’राधसंहिता ०७४ को दफा ७० मा झु’टा अफ’वाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै स’जाय हुने कानुनी व्यवस्था छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्