कोरोनाबाटै मृत्यु

सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २२ भदौ । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ । भदौं २१ गाते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ ।

शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गराएकाथिए त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपु पुगेका उनको अन्तत ज्यान गुमाउनु परेको छ ।

उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेका थिए । योसहित सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ । मिर्चैया नगरपालिकामा मात्र ३ जनाले करोनाबाट ज्यान गुमाएका छन् ।

त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या रहेको जनाइएको छ ।

यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए ।

उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका उनी १० दिन ‘होम आइसोलेशन’ मा बसेका थिए ।

उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाई भएपछि उनी उपचारका लागि शनिबार केन्द्रमा भर्ना भएका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ९१ पुगेकोे छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्