कोरोना बिरुद्धको खोप

रुसी कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारत सहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । “स्पुत्निक फाइभ” नाम दिइएको सो खोपको भारत सहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए । यो परीक्षणको नतिजा आगामी अक्टोबर देखि नोभेम्बर सम्ममा प्रकाशित हुनसक्ने उनले जानकारी दिए ।

सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणा सँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो । अहिले सम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ । एजेन्सी

यो पनि पढ्नुहोस् :-

विश्वभर कोरोना भाइरस संक्रमणबाट आठ लाख ९६ हजार ५९९ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् र १ करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था ग’म्भीर छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा ६४ लाख ८५ हजार ५६७ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । त्यहाँ ३७ लाख ५८ हजार ६१८ जना कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतमा ४२ लाख ७७ हजार ५८४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने ३३ लाख २१ हजार ४२० कोरोना भाइरस मुक्त हुँदा ७२ हजार ८१६ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ४१ लख ४७ हजार ७९४ जना कोरोना भाइरस संक्रमित हुँदा ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख २७ हजारको मृत्यु भएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्