डा.टेड्रोस एडोनोम गेब्रिएस

दोस्रो महामारीका लागि तयारी रहन चेतावनी : डा. टड्रोस अधानाम

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेका बेलामा डब्ल्युएचओ प्रमुख डा. टड्रोस अधानामले सोमबार संसारभरका मानिस दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेका हुन् ।

दोस्रो महामारी पूर्व नै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीका लागि उनले संसारभरका सबै देशलाई आग्रह पनि गरेका छन् । त्यसो नभएमा विश्वमा दोस्रो महामारीले कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने उनको भनाइ छ । डा. टेड्रोसले कोरोना भाइरसको संक्रमणबाट संसारभर २ करोड ७१ लाख मानिस संक्रमित भएको र झण्डै ९ लाख मानिसले ज्यान गुमाएको बताएका छन् ।

सन् २०१९ को डिसेम्बरदेखि देखिएको कोरोना भाइरसले अहिलेसम्म कतिपय देशमा भयावहको अवस्था निम्ताएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न नै ठूलो समस्या पर्ने अवस्था देखिएको बताएका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्