अक्षय कुमार

एकमात्र भारतीय अभिनेता यस वर्ष सर्वाधिक कमाई गर्ने नायकको सूचीमा

बलिउडका खेलाडी अर्थात् अक्षय कुमार फिल्म इन्डष्ट्रिमा आफ्नो शानदार फिल्मका लागि परिचित छन्। अक्षय कुमारले आफ्नो फिल्मी करियरमा विभिन्न प्रकारको भूमिका निभाएका छन् । अहिलेसम्मको आफ्नो करियरमा उनले थुप्रै सुपरहिट फिल्म दिएका छन् । उनी आफ्नो फिल्मका लागि मात्रै नभई निकै दयालु स्वभावका कारण पनि चर्चित छन् ।

बलिउड अभिनेता अक्षय कुमार यस वर्ष फोर्ब्सको सर्वाधिक कमाई गर्ने नायकको सूचीमा समावेश भएका छन् । यो सूचीमा अक्षय कुमार एकमात्र भारतीय अभिनेता हुन् ।

अक्षय कुरमा एउटा फिल्मका लागि ४५ करोड भारु भन्दा बढी पारिश्रमिक लिने गर्छन् । एक ब्रान्डको विज्ञापनका लागि अक्षय कुमार करिब ६ देखि ७ करोड भारु लिन्छन् । यसका साथै अक्षय कुमार फिल्मको कमाईबाट पनि शेयरको रुपमा मोटो रकम लिने गर्छन् । अक्षय कुमार बलिउडका ती कलाकारमध्ये एक हुन् जो एक वर्षमा करिब चार देखि पाँचवटा फिल्म खेल्ने गर्छन् ।

स्मरण रहोस् सन् २०२० मा कुनै फिल्म रिलिज नभइकनै अक्षय कुमारले ४८.५ मिलियन डलर कमाईसकेका छन् । अक्षय कुमार यतिबेला कूल १,८७० करोड भारुका मालिक हुन् । अक्षयको धेरैजसो कमाई ब्रान्ड प्रोमोशनबाट हुने गर्छ ।

अक्षय कुमार मुम्बईको ‘प्राइम बीच’ जुहूको एक विलासी घरमा बस्छन् । उनको घर कुनै महलभन्दा कम छैन । अक्षयसँग थुप्रै विलासी कार पनि छन् । उनीसँग मर्सिडिज–बेन्ज, बेन्टले, होन्डा सिआरवी र पोर्शलगायतका कार छन् भने अक्षयलाई बाइक्सको पनि निकै शौख छ । उनीसँग बाइकका केही ठूला ब्रान्डका राम्रो कलेक्सन छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्