corona india

भारतमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा रेकर्ड स्तरको वृद्धि

भारतमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा रेकर्ड स्तरको वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ९६ हजार ७ सय ६० बिरामी फेला परेका छन् । यससँगै यहाँ संक्रमितको संख्या हालसम्म ४५ लाख ५९ हजार ७ सय २५ रहेको छ ।

यदि भारतलाई सबैभन्दा प्रभावित देश अमेरिकासँग तुलना गर्ने हो भने पछिल्लो पाँच दिनमा भारतमा संक्रमितको संख्या करिब तीन गुणा बढी छ । बिहिबार अमेरिकामा ३८ हजार ८ सय ११ संक्रमित फेला परेका छन् भने १ हजार ९० को मृत्यु भएको छ ।

भारतमा मृत्युदर भने घटिरहेको छ । पछिल्लो ८ दिनमा यहाँ १.७० प्रतिशतबाट घटेर १.६७ प्रतिशतमा आएको छ । अहिले सम्म विश्वभर २ करोड ८३ लाख २८ हजार ३३८ जना कोरोना संक्रमित भएका छन भने २ करोड ३ लाख ४२ हजार ७८६ जना निको भएर घर फर्किदा ९ लाख १३ हजार ९२२ जनाको कोरोना कै कारण मृत्‍यु भएको छ । एजेन्सी

यो पनि पढ्नुहोस् :-

हिन्द महासागरमा आफ्नो रणनीतिक पहुँच बढाउन र भारत–प्रशान्त इलाकामा चीनको प्रभुत्व बढाउने कोसिसँग जुध्नका लागि भारत र जापानबीच महत्वपूर्ण सहमति बनेको छ । टाइम्स अफ इन्डियाका अनुसार यो सम्झौतापछि अब भारत–प्रशान्त इलाकामा दुई देशबीच एक अर्काको यु’द्धपोत र विमानका लागि सैन्य सहयोग बढाइनेछ । जापान यस्तो छैटौं देश हो जोसँग यस्तो प्रकारको सैन्य सहयोगका लागि भारतले सम्झौता गरेको छ ।

यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलिया, दक्षिण कोरिया र सिंगापुरसँग यो इलाकामा सैन्य सहयोग बढाउने विषयमा भारतले सम्झौता गरिसकेको छ । पत्रिकाका अनुसार बिहिबार बर्तमान अधिकारीले भारत, बेलायत रुससँग पनि यस्तै प्रकारको सहयोगका लागि कुराकानी अघि बढिरहेको र यो वर्षको अन्त्यसम्म रुससँग कुनै सहमतिमा पुग्न सक्ने जानकारी दिएका छन् ।

वर्तमान अधिकारीले चीनले झैं भारत देशबाहिर समुद्रमा कुनै प्रकारको सैन्य अ’ड्डा बनाउने इच्छा नराखेको बताएका छन् । भारतीय सेना र जापानी सेल्फ डिफेन्स फोर्सेसबीच यो सम्बन्धि सम्झौतमा रक्षा सचिव अजय कुमार र जापानका राजदूत सुजुकी सतोशीले हस्ताक्षर गरेको जानकारी दिएका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्