weather

आगामी तीन दिन देशको अधिकांश स्थानमा अत्याधिक वर्षाको सम्भावना

काठमाडौं, २६ भदौ। आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् ।

“प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ”, मौसमविद् पोखरेलले भनिन् । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस

वर्षा- barsha

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्